बालेनसँग बाबुरामको आग्रह-निश्चित ठाउँ तोकेर स्वरोजगार श्रमिकको व्यवस्थापन गरौं

प्रकाशित मिति:

काठमाडौं, भदौ ३१ – नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका छन्।

‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्राय: बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन्,’ उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन्। अत: निश्चित ठाउँ समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ।’