यस वर्षको दशैंका लागि आजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुलेको छ । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दुरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे अनुसार आजबाट टिकट बुकिङ खुलेको हो ।
देशका बिभिन्न क्षेत्रबाट काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दशैं मनाउन घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । नयाँ बसपार्कसँगै चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाटसमेत अग्रीम टिकट बुकिङ सुरु गरिएको छ ।यस पटकको दशैंका लागि २७ असार, २०७९ मा तोकिएको भाडा दर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जनाएको छ ।












