पल शाहकाे मुद्दामा अर्को अदालतको सुनुवाइ आज, के आउला फैसला ?

प्रकाशित मिति:

काठमाडौँ । जबरजस्ती करणी  बलात्कार को आरोपमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा आज तनहुँ जिल्ला अदालतले सुनुवाइ गर्ने भएको छ । यसअघि भदौ १५ गते नै सुनुवाइ हुने भनिए पनि कारणवश असोज २ गते आज  को लागि पेशी सरेको थियो ।

यसअघि सोही मुद्दामा नवलपुर जिल्ला अदालतले भदौ २१ गते पल शाहलाई बलात्कार मुद्दामा शाहलाई सफाइ दिएको थियो । तर सो अदालतले बलात्कार नभनेर ‘यौन दुरुपयोग’ भन्दै २ वर्ष ६ महिना कैद सजाय, १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना फैसला सुनाएको थियो ।शाहविरुद्ध एकै मुद्दामा नवलपुर र तनहुँ जिल्ला अदालतमा जाहेरी परेको थियो ।

दुपै अदालतले समानान्तर रुपमा मुद्दा अघि बढाएका थिए । आज अर्को अर्थात तनहूँ जिल्ला अदालतबाट अभिनेता शाहलाई विनाधरौटीमा छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्नेबारे फैसला आउन सक्ने शाहका वकिलले जानकारी दिए ।उमेर नपुगेकी नाबालिकाले गत फागुन ११ गते अभिभावकमार्फत शाहविरुद्ध पटकपटक जबरजस्ती करणी गरेको आरोपसहित जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै उपस्थित भएर अनुसन्धानमा सहयोग गर्ने बताएका थिए । त्यसयता उनी थुनामै रहेका छन् ।