जितियाका अवसरमा नवलपुरमा सार्वजनिक बिदा

प्रकाशित मिति:

नवलपुर – जितियाका अवसरमा नवलपरासी  बर्दघाट–सुस्तापूर्व०का चारवटा पालिकामा आज सार्वजनिक बिदा हुने भएको छ।मध्यविन्दु , कावासोती र देवचुली नगरपालिका सहित विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइने भएको हो। ती पालिकाले छुट्टछुट्टै सूचना जारी गर्दै आज पालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र सार्वजनिक संस्थामा बिदा दिइएको जनाएका छन्। नवलपुरको तराई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ।

थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो–मसिनो खाएर पर्व मनाउने गर्दछन्। जितियामा खासगरी महिलाहरू झाम्टा नृत्य गर्ने गर्दछन्।