बुटवल, ७ असोज २०७९- समाजसेवा गर्दा गर्दे जिबन बिताएका बरीष्ठ समाजसेबीको उपमा पाएको स्व मनबिर गर्बुजा मगरको ११ औ स्मृती दिबशका अवशरमा आज एक कार्यक्रमको आयोना गरी समाजसेबी र एक पत्रकारलाई पुरस्कृत गरीयो ।बिगत ११ बर्षदेखी मनबिर गर्बुजालाई चिरस्थायी बनाउने उद्धेस्यले रेडियो समावेशी द्धारा स्थापना गरीएको मनबिर गर्बुजा पुन मगर अक्षयकोषको स्थापना गरी सो पुरस्कार बितरण गर्दे आएको हो । यस बर्षको पुरस्कार एबीसस् टिभीमा कार्यरत पत्रकार मान बहादुर घर्ती एमबि आस्थालाई सञ्चारको माध्यमबाट समाज परीबर्तनमा कलम चलाएको हुनाले सम्मान गरीएको र समाजसेबी पुरस्कार भिम तुलाचनलाई प्रदान गरीएको रेडियो समावेशीका संरक्षक अक्षय कोषका अध्यक्ष जनक थापाले बताउनुभयो ।
सो कार्यक्रममा बुटवल उपमहानगरपालीका वडा न ९ का अध्यक्ष प्रदिप श्रेष्ठले स्व गर्बुजा समाजका एक ऐना भएको बताउदै समाज सेवामा गरीएका कामका आधारमा वाहालाई सबैले समझना गरेको बताउनुुभयो । त्यस्तै अधोगी ब्यबसायी गोपाल रानाले बिभीन्न ढंगबाट स्व मनबिर गर्बुजाले गरेको समाज सेवालाई आम नागरीकले सम्झेको बताउनुभयो । बिगतमा याहाका सार्बजनीक जग्गा संरक्षण,असमानताका लडाईमा अग्र मोर्चामा रही काम गर्दे आएको अभीयान देखी बाचुन्जेल गरीब गुरुवा र असहायको लागी भगबानको अबतार बनेर सहयोग गरेकाले मनबिर गर्बुजा अमर नाम रहेको प्रशंसा गर्नुभयो । कार्यक्रममा समाजसेबी खग प्रशाद पुन, गर्बुजाका छोरी मन कुमारी गर्बुजा गुरुङ्ग तथा समारोहमा सम्मानीत पत्रकार एमबी आस्था मगर, भिम तुलाचनले बोल्दै सम्मान को गरीमालाई सदा उचो राख्न कुनै कसर बाकी नराख्ने बताउनुभयो । कार्यक्रम मनबीर माया प्रतीष्ठानका अध्यक्ष तुलबिर गर्बुजा र रेडियो समावेशीका प्रबन्धक मिलन गाहाको सञ्चालनमा सम्पन्न भएको थियो ।












