आजको मौसम : देशका थोरै स्थानमा ठूलो पानी पर्ने

प्रकाशित मिति:

काठमाडौं – आज दिउँसो देशका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम रहेको पूर्वानुमान छ।

आइतबार दिउँसो देशका थोरै स्थानमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन्। गएरातिदेखि नै ठूलो पानी पार्ने प्रणाली सक्रिय भएकाले विशेषगरी सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो पानी पर्नेछ। त्यसैगरी कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका हुन्।मौसमविद् हिरा भट्राईले ठूलो पानी पर्ने भएकाले भू(क्षय र पहिरोको जोखिम बढ्ने बताए। उनका अनुसार ठूलो पानी पार्ने प्रणाली आइतबार राति नै कमजोर हुने देखिन्छ। मनसुन बाँकी नै रहेकाले हल्कादेखि मध्यम वर्षा भने भइरहने उनको भनाइ छ।

शनिबार राति देशका विभिन्न ठाउँमा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाले झापाको केचना, चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई गैडे लगायत झापा इलामको सीमा क्षेत्रमा भारी वर्षा भएको सचेत हुन आग्रह गरेको हो।वर्षा थप हुने देखिएकाले मेची, विरिङ, निन्दा, बक्राह, मावा रतुवा, अदुवा खोला आसपास बाढी आउन सक्ने भन्दै सतर्क रहन अनुरोध गरिएको छ।