चालु पुंजी कर्जा मार्गदर्शन फिर्ता लिन महासंघको आग्रह

प्रकाशित मिति:

बुटवल । नेपाल राष्ट्यि बैकले जारी गरेको चालु पुंजी कर्जा मार्गदर्शनप्रति नेपाल उद्योग व्यापार महासंघले गम्भिर ध्यानकर्षण भएको जनाएको छ । राष्ट् वैकले कर्जा मार्गदर्शन मार्फत २ करोड भन्दा कम पुजी कर्जाको सिमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोवारको अधिकतम २० प्रतिशतले हुन आउने रकम सम्म मात्र कुल चालु पुंजी कर्जा सिमा कायम गरेको थियो ।त्यसैगरी कर्जा अवधिको सिमा १ वर्ष वा सोम भन्दा म हुनु पर्ने र यस्तो कर्जा सिमा नविकरण योग्य हुने लगायतको मापदण्ड तोकेको छ ।

त्यसैगरी राष्ट्र वैकले २ करोड भन्दा वढि चालुपुजी भएको कम्पनी तथा संस्थालाई चालुपुंजी कर्जाको सिमा वार्षिक अनुमानित कारोवारको अधिकतम २५ प्रतिशत मा कर्जाको सिमा स्वीकृत हुने र अवी १ वर्ष वा सो भन्दा कम हुनु पर्ने त्यस्तो कर्जा मात्र सिमा नविकरण योग्य हुने प्रावधान लागु गरेको छ ।राष्ट् वैकको प्रावधानले कोभिड १९को प्रभावबाट थलिएको उद्योग तथा व्यवसाय अझै मर्कामा पर्ने भएकाले यसलाई अहिले। लागु नगर्न महासंघले ध्यानकर्षण गराएको हो । महासंघको लुम्विनी प्रदेशका कार्यावाहक अध्यक्ष खेम बहादुर श्रीस र महासचिव तारा कुमारी क्षेत्री ९रोकाया०ले शुक्रवार प्रेस विज्ञप्ती जारी कोभिड १९ को प्रभावले थला परेको अर्थतन्त्रलाई अझै कमजोर वनाउने भएकाले हाललाई यो प्रावधान लागु नगर्न आग्रह गरेको हो ।

चालु पुंजी कर्जामा वर्गिकरण निरन्तर हुनु पर्ने, वार्षिक लेखा परिक्षण कायम हुनु पर्ने वार्षिक अनुमानित कारोवारको पहिलो वर्ष ७० प्रतिशत कर्जा कम्तीमा पनि २ वर्ष सम्म कायम गर्नु पर्ने र दुई वर्ष पछि अनुमानित वार्षिक कारोवारको ६० प्रतिशतमा ओभरड्राफ्ट कायम गदै जान महासंघले जोडदार माग गरेको छ । उद्योगी व्यावसायीको मागलाई वेवास्ता गरिए चरणवद्ध आन्दोलनमा जाने समेत महासंघ लुम्विनी प्रदेशले चेतावनी दिएको छ ।