दुई सवारी चालक जाँच गर्दै कपिलबस्तु ट्राफिक प्रहरी

प्रकाशित मिति:

डिलाराम भुसाल-कपिलवस्तु , असोज- जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले लामा दुरीको यात्रु बाहक बसमा दुई सवारी चालक भए नभएको चेक जाँच सुरु गरेको छ । लामो दुरीको यात्रु बाहक बसमा एक जना मात्र सवारी चालक हुँदा चालक निदाएर सवारी दुर्घटना हुने जोखिम भएकोले चेक जाँच सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सीनाले बताएका छन् । साथै नागरिक सहायता कक्ष सञ्चालन सँगै नागरिक मैत्री वातावरण र सचेतनाका कार्यक्रम अन्र्तगत दुर्घटना न्युनिकरणका लागी पर्चा, पम्पलेट वितरण गरिएको तिमिल्सीनाले बताए ।

दसैँमा सवारी साधनको धेरै चाँप हुने र रात्री कालिन बसका सवारी चालक निदाएर दुर्घटना भएको घटना बारम्वार आउने भएकोले कडाई गरेको बताएको छ । चाड पर्व सुरु भए पछि सुरुमा सवारी चालकलाई जानकारी गराएको र हाल दुई चालक भए नभएको जाँच सुरु भएको बताइएको छ । आज ट्राफिक प्रहरी र कपिलवस्तु स्काउटले संयुक्त रुपमा चेँक जाँच गरेको थियो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा २ उपदफा (र) मा २५० भन्दा धेरै किलो मिटर भन्दा धेरै लामो सडकलाई लामो बाटो मानिएको छ । दफा १०४ ले कम्तीमा २ चालक राखी कम्तीमा ६घण्टामा सवारी चालकले पालो फेर्ने व्यस्था रहेको छ । ऐनमा व्यस्था भए पनि केही सवारी धनीले लामो दुरीमा एक जना मात्र चालक राखी लापरबाही गर्ने गरेको बुद्धमूमि १ विरपुरका जुगानन्द गैरेले बताए ।