काठमाडाैं, असाेज १८ : आसन्न संघीय निर्वाचनका लागि निर्वाचन आयोजक उम्मेदवारी मनोनयनको मिति तोकेको छ। आयोजकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनका लागि असोज २३ गतेको मिति तय गरेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न यही असोज २३ गते, आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ। पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन तर्फको मनोनयन पत्र दर्ता गर्ने दिन यही आश्विन २३ गते आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र रहेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गर्दछु’, प्रवत्ता शर्माले समाजिक सञ्जालमा लेखेका छन्।












