बारा बस दुर्घटनामा मृतक भएका १४ जनाको सनाखत

प्रकाशित मिति:

मकवानपुर । बारामा विहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएका १६ मध्ये १४ जनाको सनाखत भएको छ । मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार सनाखत हुनेमा बारा कलैया-२ का अन्दाजी ४०र४१ वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी-५ बुडौलीका अन्दाजी ६३ वर्षीया नन्द कुमारी पुडासैनी र चितवनन कालिना नगरपालिका रमाइलोचोकका अन्दाजी १४र१५ वर्षीय सफल कँडेल रहेका छन् ।

त्यस्तै, वीरगञ्ज-१६ का ६५ वर्षीय सोमप्रसाद चौरासिया, ३५र३६ वर्षीया मन्निदेवी चौरासिया र १९र२० वर्षका स्वस्तिका श्रेष्ठ, बारा कलैया-१० बस्ने अन्दाजी ३५-३६ वर्षीय नाजलिन खातुन, बारा जितपुर सिमरा-२२ का २८ वर्षीय सुरेश बिक, बारा कलैया-१० का अन्दाजी २५ वर्षीय इजाजत अन्सारी र ओखलढुंगाका लालबहादुर बोगटीको पनि सनाखत भएको छ । गौतमका अनुसार चितवन खैरेनी-५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाका ३५ वर्षीया अम्बिका कँडेल र जनकपुर उपमहानगरपालिका-५ का ५० वर्षीय सन्तोष कुमार यादवको सनाखत भएको छ भने हेटौंडा अस्पतालमा रहेका २ मृतकको पहिचान खुल्न सकेको छैन ।