आयरल्याण्डको पेट्रोल पम्पमा विष्फोट, नौ जनाको मृ”त्यु

प्रकाशित मिति:

काठमाडौं । आयरल्याण्डको उत्तर पश्चिम क्षेत्रमा पर्ने डोनेगल काउन्टीमा रहेको पेट्रोल पम्पमा विष्फोट हुँदा कम्तीमा नौ जनाको ज्यान गएको छ ।गार्डा सिओचाना प्रहरी बलले आठ जनालाई अस्पताल भर्ना गरिएको र यस घटनाका कारण नौ जनाको मृत्यु भएको पुष्टि गरेको छ । ‘क्रेस्लो गाउँमा रहेको उक्त स्थानमा थप हताहतीका लागि खोजी र उद्धार कार्य जारी छ’, विज्ञप्तिमा भनिएको छ ।

विष्फोटको कारण खुल्न नसकेको र भग्नावशेषबाट खोजी कार्य जारी रहेको छ । शुक्रबारको विष्फोटमा मृत्यु हुनेको संख्या रातारात तीनबाट बढेर सात पुगेको हो । आयरल्याण्डको पेट्रोल पम्प फोरकोर्ट र नजिकैको आवासीय भवनमा विष्फोट भएपछि आयरल्याण्डको आपतकालीन सेवाले रातभर उद्धार कार्य जारी राखेको थियो ।