सत्यमोहन जोशीको अवस्था चिन्ताजनक

प्रकाशित मिति:

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको छ ।करिब ३ सातादेखि बिरामी अवस्थामा रहेका जोशीको अवस्था गम्भीर रहेको किस्ट अस्पतालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

शुक्रबार निकालेको अस्पतालको बिज्ञप्तिमा जोशीको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।‘२२ दिनदेखि उपचाररत उनलाई बिहीबार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर, औषधिले शरीरमा राम्रो काम गरेको छैन,’ बिज्ञप्तिमा जनाइएको छ ।
चिकित्सकहरुका अनुसार जोशीलाई लामो समयदेखि निमोनिया भएको पाइएको छ । संक्रमण बढ्दा उनको मुटुको चालमा असर परेको थियो । त्यस्तै उनलाई यसअघि नै डेङ्गी पनि लागेको थियो ।