काठमाडौं, असोज २८ – धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले ठेला खोसिएकी महिलालाई सहयोग गर्ने घोषणा गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै मेयर सम्पाङले एक महिनाको तलब उक्त मिहलालाई दिने घोषणा गरेका हुन। काठमाडौं महानगरपालिकाले थापाथलीमा ठेलागाडामा सामान बेच्दै आएकी शर्मिला तामाङको ठेला बिहीबार नियन्त्रणमा लिएको थियो। नगरप्रहरीले उनको ठेला नियन्त्रणामा लिँदै गर्दाका केही तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन।
त्यसपछि शुक्रबार हर्कले फेसबुकमा स्ट्याटस राख्दै शर्मिलालाई एक महिनाको तलब पठाइदिने घोषणा गरेका हुन्।यी बहिनी को हुन्रु यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु१ जय मान्छे-महानगरपालिकाले सुन्दर महानगरपालिका निर्माणको लागि अव्यवस्थित रूपमा सञ्चालित ठेला लगायतका अवैध संरचना केहीसमय अघिदेखि नै हटाउँदै आएको छ।












