प्रकाश न्यौपाने
कार्तिक १२ गते
नवलपरासी ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरी यतिबेला सुस्ताको समस्य बुझ्दै सुस्तबासीका घर घरमा गइरहेको छ्न । स्थानियको समस्या र बिकास निर्माणको चुनौतिका बारेमा उनी छलफलमा ब्यस्त रहेका छन । चौधरी सुस्तामा रहेका किसान,मजदुर र स्थानीय बासिको समस्या र गुनासो सुन्न प्रत्यक्ष रुपमा स्थानियको घरदैलोमा आएको उनले बताए।
यहाको डुबान,भारतिय सुरक्षा बल बाट हुने सास्तीका बारेमा पहल गरिदिन स्थानियले चौधरी समक्ष आग्रह गरेका छन।राज्यबाट बर्षौ सम्म पनि उपेक्षाको महसुस गरेका यस क्षेत्रका जनताले चौधरीको उपस्तिथिलाई अर्थपूर्ण रुपमा लिएको बताईएको छ।हामिलाई एउटा बिकासको खाका कोर्न सक्ने सफल ब्यवसायिलाई पाएका छौ अबको बिकास उहाकै हातमा छ बर्षौ सम्म अरु नेतालाई हेरियो अब यसपटक उहालाई हेर्छौ पक्कै पनि यहाको बिकास हुन्छ भन्नेमा आफू आशाबादी रहेको सुस्ता ५ पक्लिहवाका राजकुमार पासिले बताए।
चौधरी सफल ब्यवसायी भएकाले राजनीतिमा समेत सफल हुनुपर्छ त्यसैले यस क्षेत्रको बिकास नगरी उहालाई सुखै छैन क्षमताको प्रयोग गर्न पनि यो पटक जिताउनै पर्ने छ सुस्ताकै रिङकु कुमार गुप्ताले भने । यस क्षेत्रको समस्याका बारेमा चौधरीले विभिन्न निकाय सग छलफल गरिरहेको नेपाली काङ्ग्रेसका जिल्ला सदस्य एवम् प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले बताए ।












