प्रकाश न्यौपाने
कार्तिक २५ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट ४ मा रहेको न्यु लाइफ मा.बि/ कलेजमा अध्ययनरत बिद्यार्थीहरुलाई ३ दिने हेप्पिनेस कार्यक्रम सम्पन्न भएको छ । योग गुरु काव्य लम्सालको सहजीकरणमा भएको कार्यक्रममा कक्षा १०, ११,१२ र स्नातक पढ्ने बिद्यार्थीहरुको सहभागी रहेको बिद्यालयका प्रबन्ध संचालक डि.बि. अधिकारीले जानकारी दिनु भयो ।
बिद्यार्थीहरुको शिक्षण सिकाइमा प्रभावित बनाउनका लागि बिधालयले हेप्पिनेस कार्यक्रमको आयोजना गरेको अधिकारीले बताउनु भयो ।

कार्यक्रममा मनलाई शान्त राख्न सके मात्र खुसी बन्न सकिने बताउदै योग गुरु लम्सालले दैनिकी योग गर्दा बिद्यार्थीको शिक्षण सिकाइमा राम्रो परिवर्तन देखिने बताउनु भयो ।
कार्यक्रममा कलेज प्रमुख मोहन शरण पाण्डे, विद्यालयका प्रीन्सिपल सन्तोष अधिकारीलगायत शिक्षणहरुको समेत राम्रो सहभागी रहेको छ ।












