३४ हजार मतान्तरले रवि लामिछाने विजयी

प्रकाशित मिति:

काठमाडौं, मंसिर ८ : चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने भारी मतान्तरले निर्वाचित भएका छन् ।बिहीबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार लामिछानेले ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् । अन्तिम गणनामा उनले ४९ हजार २६१ मत पाएर बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका छन् ।