लामो समय देखि बन्द रहेको वालिङ नगरपालिकाले शुरु गर्यो अत्यावश्यक सेवा ।

प्रकाशित मिति:

वालिङ,मङ्सिर – गते । मतगणनाको विवादले लामो समय देखि बन्द रहेको वालिङ नगरपालिकाले सोमवारबाट अत्यावश्यक सेवा दिन शुुरु गरेको छ । नागरिकलाई समस्या नहोस् भनेर अत्यावश्यक सेवा सूचारु गरिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । नगरपालिकाको गेटमा नै कडा सुरक्षाका बीच अत्यावश्यक सेवा शुरु गरिएको हो । कर्मचारीहरुले कार्यालय बाहिर बसेर नै सेवा दिई रहेकाछन् ।

कर्मचारीहरुलाई पालो बाँडेर कामका लागि बोलाईएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञान प्रसाद अर्यालले जानकारी दिनुभयो ।
स्याङ्जा निर्वाचन क्षेत्र नं २ को कार्यालय रहेको वालिङ नगरपालिका मंसिर २ गते देखि बन्द रहेको छ । नगरपालिका बन्द रहे पछि सेवाग्राही मर्कामा पर्दै आएको गुनाशो आएको थियो ।मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदशसभा सदस्य निर्वाचन अन्तर्गत चापाकोटमा भएको मतदानका बिषयमा विवाद हुँदा मतगणा सूचारु हुन नसकेको हो ।

नगरपालिकाका गेट नजिकै नेपाली कांग्रेस र नेकपा (एमाले)ले धर्ना र नारावाजी गर्दै आएकाछन् जसका कारण सो क्षेत्रको सूरक्षा व्यवस्था समेत कडा पारिएको छ । नगरपालिकाका एक सय भन्दा कर्मचारीहरु नगरपालिका गेट नजिकै एक सहकारीमा राखिएको हाजिरी पुस्तिकामा हाजिर गरेर घर जाने गरेका थिए । नगरपालिका लामो समय बन्धक बनेको भन्दै वालिङका नागरिकले सामाजिक सञ्जाल मार्फत विरोध गर्दै आएका थिए ।