१४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ मा पुनः मतदान नगर्ने निर्णय गरेको छ ।मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ ।
आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको छ ।निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले भने स्याङ्जा २ मा मतगणना गर्ने भनेर सर्वसम्मत निर्णय भएको छ।’ नेकपा एमालेले स्याङ्जा २ मा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको छैन ।












