प्रकाश न्यौपाने
मङ्सिर १६ गते
नवलपरासी । पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ अन्तर्गत बिजयी हुनु भएका प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा बिजयी उम्मेदवारलाई शुक्रवार बर्दघाट नगरपालिकाले सम्मान गरेको छ । पश्चिम नवलपरासी संघीय निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधी सभा सदस्य तर्फ निर्वार्चीत विनोद चौधरी यसैगरी प्रदेश सभा सदस्यद्धय देवकरण प्रसाद कलवार ( सन्तु ) र बिश्वप्रेम पाठकलाई संयुक्त रुपमा सम्मान गरिएको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।
सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य तर्फ निर्वार्चीत चौधरीले यस क्षेत्रको चौतर्फी बिकासमा आफु दिन रात नभनिकन जनताको काममा सदैभरी क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।












