बिनोद निगम र जेठ २४- नवलपरासी- पश्चिम नवलपरासीको सदरमुकाम परासीको व्यस्थ बजारमा सोमबार दिनदहाडै गोली प्रहार गर्ने हर्षराम यादव पक्राउ परेका छन् । २४ घण्टा नबित्दै प्रहरीले हर्षराम लाई सुनवल बाट पक्राउ गरेको हो । सुनवल ०५ बनकट्टिमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा केह बेर अगाडी हतियार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि ऋिषिराम कडेंलले जानकारी दिनुभयो यादवको साथ बाट प्रहरीले अमेरिकामा बनेको ७।६५ एम एमको पेस्तोल,७ राउण्ड गोली लाग्ने एक थान म्यागजिन र एउटा गोली सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले हिजो दिउसो साढे तिन बजे घटना घटे लगत्तै विभिन्न तरिका बाट खोजि कार्य जारी राखेको थियो । प्रहरीको सक्रियताले २४ घण्टा नबित्दै गोली चलाउने व्यक्ति नियन्त्रणमा लिन सफल भएको एसपि कडेलले बताउनुभयो । सरावल ०४ का यादवले हिजो दिउसो साढे तिन बजे परासी अदालत अगाडि आफ्नै काकि रोसनी यादव माथि गोली प्रहार गरेका थिए । तर गोली भने कसैलाई लागेको थिएन् । जग्गा सम्बन्धी विवादमा यादवले काकि माथि गोली प्रहार गरेको आफन्तहरुले बताएका छन् । गोली प्रहार गर्ने हर्षराम लाई प्रहरी कार्यालय ल्याई थप अनुसन्धान पछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।












