लुम्बिनी – नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदुत निकोला पोल्लिटले विहिबार लुम्बिनी भ्रमण गर्नुभएको छ । लुम्बिनी भ्रमणमा आउनुभएका राजदुत निकोलालाई लुम्बिनी विकास विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेश त्रिपाठी, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य सहितको टोलीले स्वागत गर्नुभएको हो । उक्त अवसरमा राजदुत निकोलाले मायादेवी मन्दिर, शान्तिदीपको अवलोकन गर्नुभएको थियो । भ्रमणका क्रममा बेलायती राजदुतावास र लुम्बिनी विकास कोष विच सहकार्य गरेर अगाडि बढ्नेबारेमा कुराकानी भएको उपाध्यक्ष भिक्षु मैत्तयले जानकारी दिनुभयो ।
विश्वका बौद्ध भिक्षुणीहरुलाई लुम्बिनीमा भेला गराएर निकट भविष्यमा कविता दिवस मनाउने सोँच अनुसार बेलायती राजदूतको लुम्बिनी भ्रमण भएको उपाध्यक्ष मैत्तयले बताउनुभयो । उक्त अवसरमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, परिषद सदस्य गोपीकृष्ण शर्मा, सूचना अधिकृत राजन बस्नेतको समेत सहभागिता थियो । उक्त अवसरमा कोषका तर्फबाट राजदूत निकोललाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।












