प्रकाश न्यौपाने
मसिर २१
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट बर्दघाटमा पौष १ गते देखि उद्योग वाणिज्य संघ को आयोजनामा मेला हुने भएको छ ।
संघको आयोजनामा हुन लागेको यो मेला पौष १ गते देखि ११ गतेसम्म बर्दघाटको हरियाली नगरमा मेला सञ्चालन हुने संघका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिनु भयो ।
कृषि, पर्यटन र औद्योगिक क्षेत्रलाई प्रवद्र्धन गर्न, यस क्षेत्रका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने न्यौपानेने बताउनुभयो । न्यौपानेका अनुसार -“उपभोक्ताबीच स्वदेशी उत्पादनको पहिचान, उद्योगी व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्धको विस्तार गरी उपभोक्ताहरुको चाहना जानकारी उत्पादन तथा सेवा प्रति विस्वास अभिवृद्धि गर्ने, राष्ट्रिय स्तरमा उत्पादनको बजार प्रवद्र्धन गर्ने, देशभरिका व्यवसायीहरुबीच आपसी समन्वयको भावना जागृत्त गराउने, व्यवसायीहरुबीचको अवसर, समस्या र चुनौतिबारे अन्तृक्रिया गर्ने, कृषिलाई आधारशिलाको रुपमा विकास गर्नका लागि सहयोग पुर्याउने, कृषि, लघु तथा घरेलु उद्यमहरुको बजार प्रवद्र्धन गर्ने, यस क्षेत्रको धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने मेलाको उद्देश्यहरु रहेका छन ।”
मेला अवधीमा १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने भनिएको मेलामा करिब तीन करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको संघका महासचिव दिनेश न्यौपानेले बताउनु भयो ।












