आँधिखोला लघुवित्तको सेयर कारोबार फुकुवा

प्रकाशित मिति:

काठमाडौं – आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सोमबार पुस ४ गते फुकुवा भएको छ । सीवइसी नेपाल लघुवित्तसँग मर्जर प्रक्रियाका रहेको कारण गत असार २२ गतेदेखि आँधिखोलाको सेयर कारोबार रोक्का रहेको थियो । नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था अनुसार आँधिखोलाको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गरेको हो । यी दुई कम्पनीबीच असार २२ गते मर्जर सम्बन्धी प्रारम्भीक समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।