काठमाडौं, पुस – प्रधानमन्त्री पुष्पकमल दाहालले राहदानी र लाइसेन्स लिने क्रममा सर्वसाधारणले सास्ती खेपेको उल्लेख गर्दै लामा लाइन हटाउने प्रतिबद्धता जनाएका छन्।नवगठिन मन्त्रिपरिषद्को पहिलो बैठकपछि प्रधानमन्त्री दाहालले राहदानी र लाइसेन्स लिने क्रममा देखिएको लामो लाइनलाई नियन्त्रण गर्न र हटाउने विषयमा काम गर्ने बताए।
‘राहदानी, लाइसेन्ससम्बन्धी लामो लामो लाइन देखिएको छ । यसलाई नियन्त्रण गर्ने र प्रभावकारी ढंगले काम गर्ने केन्द्रित भएका छन्, उनले भने, ‘जनताको समस्या समाधान गर्न काम गर्नेतर्फ काम गर्छौं। सात दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। जसमा एमाले ४, माओवादीका २, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका एक–एक जना छन्।












