प्रकाश न्यौपाने
पौष १९ गते
नवलपरासी । पश्चिम नवलपरासीमा हरेको लुम्बिनी चिनी मिलले स्थानीय सगँ गरेकाे सहमति कार्यान्वयन नगरेकाे भन्दै सुनवलका स्थानियहरुले बिरोध जनाउदै चिनि मिलको गेटमा ताला लगाएका छ्न् ।
उद्योग देखी निस्केको कालो धुलो व्यवस्थापन गर्ने गरि सञ्चालन गर्ने सहमति गरेपनि सहमति बिपरित उद्योगले जनताको स्वास्थ माथि गम्भीर खेलबाड गर्दै आएको स्थानीय यज्ञ प्रसाद पाण्डेले बताउनु भयो । पाण्डेका अनुसार मिल संचालकके सहमति कार्यन्वयन नगरेर स्थानीय बासीको स्वस्थ्यमा खेलवाड गरेको बताउनु भयो ।
उद्योगले उखु क्रसिङ्ग गर्दा इन्धनको रुपमा प्रयोग गरेको भुसबाट कालो धुलोको कणका कारण स्वास्थ्यमा समेत प्रतिकुल असर पर्नुका साथै लगाएका तरकारी, घर भित्र कालो धुलो टासिदाँ स्थानीयले सास्ती बेहोर्दै आएको बताएका छ्न् । उद्योगले आफुसङ गरेकाे सहमति कार्यान्वयन नगरे सम्म ताला नखोल्ने स्थानीयले चेतावनी दिएका छन ।












