प्रकाश न्यौपाने
पौष २२ गते
नवलपरासी । बर्दघाट – पश्चिम नवलपरासिमा रहेको बर्दघाट नगरपालिकाले माघ १ गतेबाट स्रोतमै फोहोर बर्गीकरण गर्ने तयारी गरेको छ ।
बर्दघाट नगरपालिकाले बिहीवार सरोकारवालाबीच अन्तरक्रिया गर्दै माघ १ गतेबाट स्रोतमै फोहोर बर्गीकरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार – नगरले तीस बुदे कार्ययोजनाका साथ फ़ोहोरलाई स्रोत देखी नै बर्गीकरण गर्न लागीएको बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठले सबै सरोकारवालाहरले साथ पाए फोहोरबाट फोहोर व्यस्थापन गर्दै फोहोरलाई मोहर बनाउन सकिने बताउनु भयो । उहाँले बर्दघाट नगरपालिका फोहोर मुक्त एव सरसफाईयुक्त नगरका रुपमा बिकास गर्न लागिएको बताउनु भयो ।
नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले आम सरोकारबालाहरु फोहोर व्यस्थापनमा लाग्ने अभियानमा लाग्न अपिल गर्नु भयो । उपाध्यायका अनुसार स्रोतमा नै फोहोर वर्गीकरण गर्दा फोहोर व्यस्थापन संग संगै बर्दघाट नगरलाई स्वच्छ सुन्दर नगर बनाउन सकिने बताउनु भयो ।
कार्यक्रममा पारिजात सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चुडामणी भण्डारी, बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष दीपक लम्साल लगायत बर्दघाट उद्योग वाणिज्य संघ, बर्दघाट नगरभित्रका बजार विकास समितिहरु तथा बर्दघाट नगरपालिका वडा नम्बर ४ का टोल विकास समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कृष्ण थापाले गर्नुभएको थियो ।












