शंकास्पद रूपमा अमेरिकी डलर नेपाल भित्र्याउने खोजेको आरोपमा शाहसहित ६ जना पक्राउ
काठमाडौं, पुस – प्रहरीले अछामका पृथ्वीबशादुर शाहसहित ६ जनालाई अमेरिकाबाट शंकास्पद रूपमा रकम भित्र्याउन खोजेको आरोपमा पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी को टोलीले उनीहरूलाई काठमाडौंको चावहिलबाट पक्राउ गरि अनुसन्धान थालेको हो। शाहले अमेरिकाबाट ल्याउन खोजेको शंकास्पद १२ लाख अमेरिकी डलर राष्ट्र बैंकले रोकेर राखिदिएको थियो।
उक्त रोकेर राखेको रकम फुकुवा गरिदिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकलाई पत्रचार गरेपछि उनको तीव्र आलोचना भएको थियो।ब्युरोका एपपी सञ्जयसिंह थापाका अनुसार दर्जनौं कम्पनी खोलेर शंकास्पद कारोबार गरेको, कारोबार गर्न अनुमति पनि नलिएको, विदेशीहरूलाई प्रलोभन देखाएर झुक्याएको, यसअघि पनि शंकास्पद कारोबार गरेको भन्ने आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ।ब्युरोका प्रमुख एआइजी उत्तम सुवेदीका अनुसार उनीहरूमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको छ।












