सरकारको न्युनतम साझा कार्यक्रम : ६ महिनाभित्र नागरिकता सम्बन्धी समस्या समाधान गर्ने

प्रकाशित मिति:

काठमाडौं, पुस । सरकारले नागरिकता सम्बन्धी विषयलाई न्युनतम साझा कार्यक्रममा प्राथमिकता दिएको छ । सत्ता साझेदार दलहरुले ६ महिनाभित्र नागरिकतासम्बन्धी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले पूर्णता पाएको ६ महिनाभित्र नेपाली नागरिकले नागरिकता नपाउने व्यवस्थाको अन्त्य गर्ने बताएका हुन् । नागरिकतासम्बन्धी अन्य समस्याहरु संसद अधिवेशनबाट समाधान गरिने पनि उनले बताए । पौडेलले प्रस्तुत गरेको न्युनतम साझा कार्यक्रममा १ वर्षभित्र सबै नेपाली जनतालाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने उल्लेख छ ।