काठमाडौं, माघ – राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ । सोमबार पाँच घन्टा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राप्रपालाई उपप्रधानमन्त्री सहित तीन मन्त्रालय दिने सहमति गरेको हो ।
जसअनुसार अध्यक्ष लिङ्देन उपप्रधानमन्त्री सहित उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बन्ने भएका छन् । राप्रपाले थप दुई मन्त्रालय खानेपानी र युवातथा खेलकुद मन्त्रालयको पनि जिम्मा लिने भएको छ । ती दुई मन्त्री र एक राज्यमन्त्रीको भने टुंगो लागेको छैन । अध्यक्ष लिङ्देनले पार्टीभित्र छलफल गरी मन्त्रीको टुंगो लगाउने छन् ।












