शारीरिक रुपले फरक हुदैमा अवसरबाट पछि पारिनु हुदैन – नगर प्रमुख भट्टराई 

प्रकाशित मिति:

स्याङ्जा- गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराई ले ब्यक्ती शारीरिक रुपले अलि फरक हुदैमा उसलाई कमजोर ठानेर राज्यका विभिन्न अवसरबाट पछि पारिन नहुने बताउनुभएको छ।गल्याङ नगरपालिकाको सहयोगमा स्याङ्जा अपाङ्ग समाज जिल्ला कार्यसमितिले आयोजना गरेको अपाङ्ग सचेतना तथा पालिका स्तरीय संजाल गठन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टराईले अपाङ्ग जो फरक क्षमताको हुनुहुन्छ उहाँहरुलाई गल्याङ नगरपालिकाले विशेष रुपमा हेर्ने बताउदै राज्यका कुनैपनि सेवा वा अवसरबाट बन्जित नगराउनेमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । ब्यक्ति सरिरले भन्दा पनि उसको सोचले अपाङ्ग हुनेहुदा आफ्नो सोचमा समेत परिवर्तन गर्नुपर्ने र शारीरिक रुपमा असक्तहरुलाई सहयोग समेत गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगर उप प्रमुख हेमा न्यौपानेले राज्य फरक क्षमताका ब्यक्तिहरुको संरक्षणमा थप जिम्मेवार हुनुपर्ने बताउदै गल्याङ नगरपालिका फरक क्षमताका ब्यक्तिहरुको लागि कार्यक्रम बनाएरै अघि बढेको जिकिर गर्नुभयो।कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दामोदर शर्मा,सामाजिक बिकास शाखा प्रमुख ढाल बहादुर केसि, स्वास्थ्य शाखा प्रमुख बिश्नु ओलि लगाएतले फरक क्षमताका अपाङ्ग भनिने नागरिकहरुको हक हितको लागि आफुहरु लागिरहने बताउनुभयो।गल्याङ नगरपालिकामा हालसम्म ११४ जना रातो कार्ड अर्थात पुर्ण अपाङ्ग भएकाहरु,१६७ जना निलो तथा अति अशक्त अपाङ्ग,96 जना पहेलो तथा मध्यम अपाङ्ग र 54 जना सामान्य अपाङ्ग भएकाहरु रहेको गल्याङ नगरपालिका अपाङ्ग परिचयपत्र बितरण समन्वय समितिका सदस्य सचिव खगेन्द्र भण्डारीले जानकारी दिनुभयो।

कार्यक्रममा नारायण भण्डारीको अध्यक्षतामा २१ सदस्यीय नगर स्तरीय अपाङ्ग संजाल गठन समेत गरिएको छ । जसको उपाध्यक्ष सचिव कोषाध्यक्ष पद भने पहिलो बैठक बाट पुर्ती गर्नेगरी चयन गरिएको छ। गण्डकी प्रदेश अपाङ्ग निर्देशक समिती सदस्य युवराज पराजुली को स्वागत सङ्गै सुरु भएको कार्यक्रम स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोखरेल को अध्यक्षतामा र गल्याङ नगरपालिकाका MIS operator कृष्ण प्रसाद भन्डारी ले संचालन गर्नुभएको थियो।