पूर्वसांसद चौधरीको मुद्दामा सर्वोच्चले दियो दुवै पक्षलाई झिकाउने आदेश

प्रकाशित मिति:

काठमाडौं, माघ – टिकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ ।न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा। मनोजकुमार शर्माको इजलासले पूर्वसांसद रेशम चौधरीको पुनरावेदनमा ‘प्रत्यर्थी झिकाउने’ आदेश गरेको हो ।सर्वोच्चले आइतबार नै चौधरीविरुद्ध सरकारले दर्ता गरेको मुद्दामा पनि प्रत्यर्थी झिकाउने नै आदेश भएको छ ।सर्वोच्च अदालतले आइतबार तल्लो अदालतको फैसला चित्त नबुझाएर पुनरावेदन गर्नेको विपक्षीहरुलाई झिकाउनु भनी आदेश गरेको हो ।
उच्च अदालत दीपायलले जन्मकैदको फैसला सदर गरेपछि त्यसविरूद्ध उनी सर्वोच्च अदालत आएका थिए।

दीपायल अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै चौधरीलाई जन्मकैद गरिएको जिल्ला अदालत कैलालीको फैसला सदर गरेको थियो।कैलाली जिल्ला अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष, एजनालाई ६ महिना र तीन जनालाई सफाइ हुने फैसला गरेको थियो। सोही मुद्दामा जिल्ला अदालतले तीन वर्ष कैद सजाय सुनाएको लक्ष्मण चौधरीलाई भने उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेको थियो । तिनै मुद्दामा दोषी ठहर भएकाहरु पुनरावेदनका लागि सर्वोच्च अदालत पुगेका छन् । सोही मुद्दामा आइतबार सुनुवाइ भएको हो ।