भारतीय सन्त मुरारी वापूद्धारा मायदेविको दर्शन

प्रकाशित मिति:

लुम्बिनी, माघ  । भारतका प्रख्यात सन्त मोरारी बापूले सोमबार बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ । सन्त वापूलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य विश्वराज पौडेल, सुचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले स्वागत गर्नुभएको हो ।पहिलो पटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवि मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गर्नुभयो । वापूले जन्मेपछि बुद्धलाई नुहाइएको पुष्पकरणी ताललाई ढोगेर पानी पिउनुभएको थियो । उक्त अवसरमा उपाध्यक्ष भिक्षु मैत्तयल बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जानकारी दिनुभएको थियो । उपाध्यक्ष मैत्तयले राजा अशोक स्तम्भमा लेखिएको पाली भाषा नै लुम्बिनीमा बुद्ध जन्मको अकाटय प्रमाण भएको बताउनुभयो ।

उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको भिजिटि बुकमा बुद्धजन्मस्थलमा आउन पाउँदा एकदमै शौभाग्यशाली अनुभव गरेको लेख्नुभएको छ । पवित्र पावनधाममा आउन पाउँदा अन्त्यतै खुशि र शान्ति मिलेको वापूले उल्लेख गर्नुभएको छ । सन्त वापूले मन्दिर परिसरमा दीप प्रज्जवलन गरि पूजा गर्नुभएको थियो ।लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितीको आयोजनामा मंगलबारबाट शुरु हुने रामकथा प्रवचनका लागि वापू यहाँ आउनुभएको हो । बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्ने इच्छा अनुसार नै वापू लुम्बिनी आएको आयोजकहरुले बताएका छन् । रामकथा प्रेमयज्ञ समितीको आयोजनामा लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा मंगलबारदेखि ९ दिनसम्म कथावाचन हुने छ । वापू सहितको टोली विमान चार्टड गरेर गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी आउनुभएको हो ।