जनयुद्ध दिवसमा सार्वजनिक बिदा भएपनि राष्ट्र बैंक खुल्ला रहने

प्रकाशित मिति:

काठमाडौं, फागुन – पुष्पकमल दाहाल प्रचण्डु नेतृत्वको सरकारले अकास्मात १ फागुनलाई जनयुद्ध दिवसु मनाउने भन्दै सार्वजनिक बिदा दिए पनि बैंकहरुका अत्यावश्यक सेवा भने सुचारु हुने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी मुलकभरका बैंकहरुलाइ अत्यावश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुको हितमा ध्यानमा राखी बिहान ११ बजे देखि अपरान्ह ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशनसमेत दिएपछि सेवा अबरूद्द नहुने भएको हो ।

‘नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान ११ बजे देखि अपरान्ह १ बजेसम्म बैंक तथा बित्तिय संस्थाका आवाश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने ब्यवस्था मिलाउन हुन यो सुचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।