ट्रमा सेन्टर बर्दघाट नगरमा नै बनाउछौँ – नगर प्रमुख श्रेष्ठ

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
फाल्गुन ५ गते
नवलपरासी ।   बर्दघाट नगर पालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले पश्चिम नवलपरासीमा परेको ट्रमा सेन्टर बर्दघाट नगरपलिका भित्र नै बनाउने बताउनु भयो । ट्रमा सेन्टर बन्नका लागी कम्तीमा १५ कठ्ठा जग्गा नगरको नाउमा हुने पर्ने छ ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले  नगर जग्गा प्राप्तिका मार्गहरुको खोजी गरिरहेको बताउदै हाल राष्ट्रिय आवस कम्पनीको नाम भएको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीमा रहेको जग्गा प्राप्तिका लागी पहल भइरहेको बताउनु भयो  ।  नगर प्रमुख श्रेष्ठ भन्नु हुन्छ -” हामीले ट्रमा सेन्टर बनाउनका जग्गा हाम्रो नाउमा हुनु पर्ने मापदण्ड छ, अहिले हामीले ट्रमा सेन्टर बनाउन खोजेको  जग्गा आवस कम्पनीको नाममा रहेको छ । उक्त जग्गा नगरको नाउमा ल्याउन अनेकौं प्रयास गरिरहेका छौ ।” नगरले जग्गा प्राप्तिका लागि प्रयास गरिरहदा ढिलाइ भएको स्विकार्दै नगर प्रमुख श्रेष्ठले जग्गा प्राप्तिका लागी विभिन्न बैकल्पिक सोच अगाडि सारिएको बताउनु भयो ।
बर्दघाट नगर उप-प्रमुख रुद्र प्रकाश उपाध्यायले  जग्गा प्राप्तीका लागि दिव्यज्योती बहुमुखी क्याम्पसलाई पत्रकाटिएको बताउनु भयो । उपाध्यायका -“अनुसार क्याम्पसको नाममा रहेको जग्गा मध्य करिब १ बिघा  लिज वा पछि सट्टा भर्ना गर्ने गरि उपलब्ध गराउन भनी पत्राचार गरिएको छ ।”
दिव्यज्योती बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बृहस्पती अधिकारीले नगरले जग्गा माग गर्दै  पठाएको पत्र क्याम्पसमा आएको बताउदै उहाले अब बस्ने समितीको बैठकमा छलफल गरिने बताउनु भयो । उहाँ भन्नु हुन्छ – ”  नगरबाट पत्र आएको छ भन्ने सुनेको छु हाम्रो बैठक पर्सि बस्दै छ । बैठकमा छलफल गर्छौं के भन्नू हुन्छ साथिहरुले ? “