काठमाडौँ – सेयर बजार आज बन्द रहने भएको छ ।सरकारले आज फागुन ७ गते आइतबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएकोले नेप्से बन्द रहने भएको हो ।
अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । सेयर बजार बिहीबार पनि घटेको थियो । सो दिन नेप्से सूचक २१।१५ अंकले घटेर २०७०।४१ विन्दुमा ओर्लिएको छ।












