ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था द्धारा रक्तदान

प्रकाशित मिति:

ग्लोबल बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक उत्सबको अबसरमा मिती २०८० बैसाख २८ गते बिहिबार रक्त संचार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष पदमलाल घिमिरेको अधक्ष्यता, रक्तदाता स्व्यमसेबीका अधक्ष्य कृष्ण चौहान क्षत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाका संचालक समिति सदस्य तथा कार्यक्रम समयोजक एकादेव बश्यालले स्वागत मन्तब्य राख्नुभएको थियो । संस्थाका सचिब खागेश्वर भण्डारीले कार्यक्रम सन्चालन गर्नुभएको थियो भने सो कार्यक्रममा ३८ पइन्ट रगत संकलन भएको थियो साथै संस्थाले १ बर्षको अबधिमै ६०८ जना शेयर सदस्य तथा ३।५ करोड़ को कारोबार पुराएको जानाकारी संस्थाका ब्यबस्थापक लक्ष्मण रेग्मी ले गराउनुभयो