झविन्द्र देवकोटा
बुटवल, १४ पुस । बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडको २० औं साधारण सभा शनिबार सम्पन्न भएको छ । सम्पन्न साधारण सभाले आउने वर्ष बहुउद्देश्य केन्द्रीत कार्यक्रम गर्ने, सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम वृद्धि गर्ने तथा आगामी आर्थिक वर्षमा एक करोड ५ लाख नाफा कमाउने नीति तथा कार्यक्रम पारित गरेको छ । संस्थाका अध्यक्ष मित्रबहादुर शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संरक्षक बाबुराम राना, भुपालकुमार श्रेष्ठ, नेप्सकुनका केन्द्रीय सदस्य कृष्ण नेपाल, जिल्ला सहकारी संघका उपाध्यक्ष डोलप्रसाद अर्याल, बचत संघका उपाध्यक्ष कृष्ण चौहान क्षेत्री, कृषि विकास बैंक बुटवल शाखा प्रवन्धक सिमा वन, कल्याणकारी सहकारीका उपाध्यक्ष डोलप्रसाद पाण्डे, संस्थाका उपाध्यक्ष धुर्वकुमार धिताल, शेयर सदस्य यज्ञप्रसाद पंगेनी, तिला पाण्डे लगायतले आआफ्ना भनाई राख्नु भएको थियो । संस्थाका सचिव नेत्रप्रसाद अर्यालको संचालनमा भएको कार्यक्रममा संस्थाको शेयर पुजी ५ करोड ८ लाख ५० हजार, बचत २९ करोड, ऋण लगानी ३५ करोड ७९ लाख तथा लघुउद्यम तथा लघुवित्तमा ४ करोड ४० लाख लगानी गरेको कोषाध्यक्ष दलबहादुर थापाले जानकारी गराउनु दिनुभयो । सो अवसरमा शेयर सदस्यमध्ये दुई जना जेष्ठ नागरिक, शेयर सदस्यका छोराछोरी मध्ये एसईईमा विशिष्ठ श्रेणीमा उत्तिर्ण हुने चार जना विद्यार्थी र एमडी र एमएलटीमा स्नोकोत्तर गर्ने दुई जना विद्यार्थीलाई संस्थाले सम्मान गरेको ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिनुभयो ।












