भाइटिकाको उपहार : दिदी–बहिनीलाई चढाऔं केबलकार’

प्रकाशित मिति:

बुटवल । ‘भाइटिकाको उपहार : दिदी–बहिनीलाई चढाऔं केबलकार’ नारा सहित लुम्बिनी केबलकार भाइ टिकाको दिन पनि सञ्चालन हुने भएको छ । हिन्दु नेपालीहरुका महान चाड दशैं, तिहार,नेपाल सम्बत र छठलाई लक्षित गरी ल्याएको चाडपर्व अफर समेत जारी रहेको र भाइटिकाको अवसरमा दाजु भाइहरुले आफ्ना दिदी बहिनीहरुलाई केबलकर चढाउन पाउन् भन्ने उद्देश्यले भाइ टिकाको दिन पनि केबलकार सञ्चालन गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

केबलकारले असोज २१ गतेदेखि साविक टिकट दरमा ४० प्रतिशत छुटसहित चाडपर्व अफर समेत सञ्चालन गरेको छ । यो अफर अनुसार शनिबार वाहेक अन्य ६ दिनमा टिकट दर ४५० रुपैयाँ मात्र कायम भएको छ । चाडपर्व अफर मंसिर ३ गते छठसम्म मात्रै रहने भएकाले पछिल्ला दिनहरुमा केबलकार चढ्न आउनेको संख्या बढेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए कम्पनीले केबलकारको टप स्टेशनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिएको छ ।केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर र दुर्गा भगवतीको सय वर्ष पुरानो मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ ।टप स्टेशनमा कम्पनीले ४० लाख लागतमा जीप लाइन सञ्चालनमा ल्याइसकेको छ ।