पुष १७/ सबलपोस्ट,बुटवल
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड बुटवल, रुपन्देहीले वित्तीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । बैंकले श्री टिकुलीगढ दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड तिलोत्तमा–१४ बनकट्टीका कृषकहरुका बीच १७ गते बैंकका नायब महाप्रवन्धक लोकराज पनेरु, सामान्य सेवा विभाग प्रमुख लालमणी पन्थीको उपस्थितीमा बनकट्टी शाखाका शाखा प्रवन्धक यज्ञ न्यौपानेको सञ्चालनमा गरेको हो ।
उक्त सचेतना तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष ज्ञान प्रसाद भुर्तेलले बैंकिङ पहुँच नपुकेको क्षेत्रमा शाखा स्थापना गरेर बैंकले किसानहरुका आर्थिक समस्यालाई समाधान गर्न अग्रसर रहेकोमा प्रशंसा गर्दै लगानी धेरै भएपनि जग्गा थोरै हुँदा सुविधा लिन कठिन भएको बताए । साथै, किसानहरुका समस्याहरु घण्टौं सम्म पनि छलफल गर्न सकिने कुरा बताउँदै भुर्तेलले राज्यको नीति राम्रो भएतापनि कार्यान्वयनको पक्ष धेरै जटिल भएको औल्याए । एक सय भन्दा बढी गाईभैसी पालेर दुग्ध उत्पादन गरिरहेपनि प्रक्रिया झन्झटिलो हुँदा अहिले सम्म सहुलियतमा कर्जा नलिएको भन्दै चाहना भएपनि पछाडी परेका धेरै किसानहरु भएकोले त्यसतर्फ बैंक तथा वित्तीय संस्थाहरुको ध्यान पुग्न नसकेको गुनासो समेत उनले गरे ।
त्यसैगरी श्री टिकुलीगढ दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष जनार्दन यादवले ग्रामिण क्षेत्रमा आएर बैंकले साविकको टिकुलीगढमा पहिलो पटक किसानहरुका बीच अन्तरक्रिया कार्यक्रम गरेर सामाजिक उत्तरदायित्व बहन गर्नुका साथै कर्जाको सम्बन्धमा किसानहरुमा देखिएता अन्योलतालाई चीरफार गर्न मद्दत गरेको बताए । उनले धितो नभएका र सानो धितो हुने किसानहरुलाई पनि अगाडी बढाउने गरी आवश्यक कर्जाको व्यस्थामा गर्नु पर्ने धारणा राखे ।
तिलोत्तमा १३ र १४ का ७० भन्दा बढी किसानहरुको उपस्थितीमा श्री टिकुलीगढ दुग्ध उत्पादक सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा किसानहरुका जिज्ञासामा सरकार, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले कृषि क्षेत्रमा गरेका व्यवस्थाहरुको बारेमा प्रकाश पार्दै नायब महाप्रवन्धक लोकराज पनेरुले कृषि क्षेत्रको विकास र किसानको जिवनस्तर सुधारका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक सधै तयार रहेको बताए । उनले कृषि क्षेत्रको विकासमा किसानका आर्थिक समस्याहरुलाई समाधान गर्न बैंकले साथीको भूमिका निर्वाह गर्ने बताउँदै बैंकको चाहना उत्पादनमुलक क्षेत्रमा लगानी बढाई रोजगारीका अवसरहरु सृजनागर्ने रहेकोले आवश्यक सुझाव सल्लाह दिन आग्रह गरे ।
ल बैंकका दश जिल्लामा ३९ वटा शाखा सञ्जालहरु रहेका छन् । एक अर्ब ६२ करोड चुक्तापुँजी भएको बैंकले १५ अर्ब ७५ करोड निक्षेप संकलन गरी १४ अर्ब ४० करोड कर्जा प्रवाह गरेको छ ।












