सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था को रजत महोत्सव सम्पन्न

प्रकाशित मिति:

सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लि.को रजत महोत्सव मूल समारोह कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चूडामणि खरेलको अध्यक्षता माननिय उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमूख आतिथ्यता, तिलोत्तमा नगरकार्यपालिकाका नगर प्रमूख वासुदेव घिमिरेको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष श्री रुद्र प्रसाद श्रेष्ठले संस्थाको छोटो पृष्ठभुमि सहित स्वागत गर्नुभएको थियो ।

मूल समारोहमा संस्थाले संस्थापक अध्यक्ष, स्थापनाकालका सदस्यहरु, विभिन्न विधामा विद्यावारीधि गर्नुहुने शेयर सदस्यहरु, पूर्व अध्यक्ष, वर्तमान अध्यक्ष, पूर्व तथा वर्तमान उपाध्यक्ष, पूर्व तथा वर्तमान संचालक तथा लेखा समितिका पदाधिकारीहरु, पूर्व तथा वर्तमान कर्मचारीहरु लगायत विशेष सहयोग गर्ने संघ संस्था तथा सदस्य तथा शुभेच्छुकहरुलाई यसै अवसरमा सम्मान गरिएको थियो । यसै अवसरमा संस्थाले रजत महोत्सव पत्रकारीता पुरस्कार रेडियो लुम्विनीका पत्रकार लक्ष्मण पौडेललाई रु ९,९९९÷ पुरस्कार रासि सहित प्रदान गरेको थियो । कार्यक्रममा प्रमूख अतिथि लिला गिरी, विशिष्ट अतिथि वासुदेव घिमिरे, कृष्ण प्रसाद नेपाल, राष्ट्रिय सहकारी वैंकका संचालक समिति सदस्य माधवलाल देवकोटा, वरिष्ठ पत्रकार दिपक ज्ञवाली, लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।