चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि जगशक्ती स्टीलद्धारा सहयोगको घोषणा
चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि जगशक्ती स्टीलले सहयोगको घोषणा गरेको छ। बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच कम्पनीका निर्देशक अनिल रुङ्टाले बुधबारमात्रै घोषणा भएको सो स्टेडियमको लागि दुई वर्षसम्म जति स्टील विक्री हुन्छ त्यसमध्ये प्रति मेट्रिक टन २० रुपैयाँको दरमा हुन आउने रकम धुर्मुस सुन्तलीको नेतृत्वमा बन्ने स्टेडियम निर्माणको लागि सहयोग गर्ने घोषणा गरे।
जगदम्बा इन्टरप्राईजेज प्राईभेट लिमिटेडको नयाँ उत्पादन जगशक्ति गोल्ड एफइ ५०० डी को उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक रुङ्टाले आफूहरु व्यवसायलाई मात्रै नभएर सामाजिक उत्तरदायित्वतर्फ समेत जिम्मेवार रहेको भन्दै सामाजिक उत्तरदायित्व अन्तर्गत आफूहरुले यो सहयोगको घोषणा गरेको बताए ।












