गण्डकी विकास बैंकले रुपन्देहीको ओमसतिया गाँउपालिका ठूटिपिपलमा रहेको शाखाको औपचारीक उद्घाटन गरेको छ । प्रमुख अतिथि ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुल ले सो शाखाको औपचारीक उद्घाटन गर्नुभयो । उद्घाटन पश्चात बोल्दै अध्यक्ष राहुल ले गण्डकी विकास बैंकले ग्रामीण भेगका जनताको माग र चाहना अनुसार आधुनिक प्रविधिको प्रयोग गर्दै बैकिङ्ग सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुका साथै बैंकले सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र सो को लागी गाउँपालिका सहयोग गर्न सदैव तयार रहेको बताउनु भयो । बैंकका सञ्चालक श्री वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ओमसतिया गाउँपालिका वडा नं २ का अध्यक्ष श्री ज्ञानेश श्रेष्ठ तथा आस्था श्री बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष श्री लक्ष्मण कुमार श्रीषले शुभकामना मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र पन्तले जानकारी गराउनु भएको थियो भने बैंकका प्रबन्धक श्री मिलन कुमार पुनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन बैंकका कर्मचारी श्री आविष्कार खनालले गर्नुभएको थियो ।
बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा ABBS, ATM, C-ASBA,IPS, Mobile बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघुवित्त कर्जा प्रदान गर्दै आएको छ । साथै बैंकले आगामी दिनहरुमा समेत शाखा सञ्जाल बिस्तार गदैं ग्रामीण स्तरका जनताहरुलाई थप सेवा प्रदान गर्ने योजना बनाएको छ ।












