गण्डकी बिकास बैंक बुटवलद्वारा बित्तीय सचेतना कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल / गण्डकी विकास बैंक लिमिटेडले बुटवल उपमहानगर मा अवस्थित श्री कालिका मानव ज्ञान कलेजमा वित्तिय साक्षरता तथा बैंकिग सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा गण्डकी बिकास बैंकका सहायक प्रमुख कार्यकरी अधिकृत ज्ञानेन्द्र पन्त बैंकका बुटवल क्षेत्रिय प्रबन्ध मिलन कुमार पुन तथा नयागाउ शाखा प्रमुख अशोक राना लगायतको उपस्तिस्थी रहेको उक्त कार्यक्रम कलेजका बिबिएस संयोजक श्री दिनेश थापा ले संचालन गरेका थिए ।

सो कार्यक्रममा बोल्दै बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले बित्तीय सचेतना कार्यक्रम अहिलेको समयमा ब्यबस्थापन संकायका बिद्यार्थीहरुका लागि अपरिहार्य भैसकेको र यसले विद्यार्थीहरुलाइ बित्तीय क्षेत्रको बारेमा जानकार बनाउन मद्दत पुराउने बताउनु भयो भने बैंकका क्षेत्रिय प्रबन्ध मिलन कुमार पुनले गण्डकी बिकास बैंकले सरल सहज बित्तीय सेवा संगै बित्तीय साक्षरता अभियानलाई पनि अगाडि बढाउदै आएको बताउनुभयो किार्यक्रममा बिबिएस दोस्रो र तेस्रो बर्षका करिव २०० बिद्यार्थीहरुलाइ गण्डकी बिकास बैंक नयागाउ साखा प्रबन्ध अशोक रानाले बैंक तथा बित्तीय क्षेत्र सम्बन्धि आधारभुत विषय बस्तुमा प्रशिक्षण दिनु भएको थियो।

बैंकले समय समयमा विभिन्न बिधालय तथा कलेजहरुमा वित्तिय साक्षरता तथा बैंकिग सचेतना कार्यक्रम सन्चालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बैंकका कर्मचारी आबिस्कार खनालले जानकारी दिनुभयो ।