वुटवल \ बुटवलमा फाल्गुण ३ गतेदेखि ७ गतेसम्म संचालन हुने आठौ क्यान ईन्फोटेकको तयारी तिब्र पारिएको छ । क्यान महासंघ रुपन्देहीले प्रचार प्रसार लगायतका कामलाइ पनि ब्यापक बनाएको छ । मेला स्थल बुटवल मण्डपमा सरोकारवालाहरुसंग आज छलफल गरिएको हो । सहभागि ब्यबसायीक तथा सरोकारवाला संघ संस्थाका प्रतिनिधीले मेलाले बुटवलमा मात्र नभइ प्रदेश ५ लाइ नै सुचनाप्रबिधीमा अघि बढाउन मद्धत गर्ने बताए । संस्थाका अध्यक्ष नारायण श्रेष्ठले मेलाले पुर्याउने योगदान र यससंग जोडिएका बिषयबस्तुका बारेमा जानकारी गराउनुभयो । कार्यक्रम क्यानका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा सचिब बिरबहादुर क्षेत्रीको संचालनमा भएको थियो ।
ईन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टनेन्स, सिसिटिभी तथा सुरक्षाउपकरण ,पावर सोलुसन्स्, मोबाइल एसोसेरिज, डिलर र डिस्ट्रब्यूर्टस, टेलिकम्यूनिकेशनस्, इन्टरनेटसेवा प्रदायक ,सफ्टवेयर सोलुसन्स र अन्य रहने छन् । इनफोटेकमा करिब १५० स्टल रहनेछन् र दुई लाख सर्वसाधारणहरुले इनफोटेक अवलोकन गर्ने अपेक्षा आयोजकको छ । अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५० र विधार्थीहरुलाई रु २५ तोकिएको क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रोष्ठले जानकारी दिनुभयो । यस पटक को क्यान मेला मा दर्सकहरुको सुझाबलाई ग्रहण गर्दै सूचना प्रबिधि संगै हरेक दिन रास्ट्रीयस्तरका कलाकार हरुको बिषेस प्रस्तुति समेत रहने भएको छ । उक्त प्रदर्शनीमा फ्रि सर्भिस क्याम्प, अन्तरबिद्यालय बक्तित्वोकला प्रतियोगिता, डान्स कम्पिटिसन, पब्जी मोबाइल कम्पिटिसन,भर्चुवल गेमिङ लगायत पनि आर्कर्षणको रुपमा रहने सहसचिब सुरेशचन्द्र भट्टराइले बताउनुभयो ।












