भृकुटीमण्डपमा खाद्य मेला

प्रकाशित मिति:

काठमाण्डौ / काठमाण्डौको भृकुटीमण्डपमा चौथो खाद्य मेला  सुरु भएको छ ।परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रबर्द्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं’ भन्ने नाराका साथ मेला सुरु भएको हो ।स्थानीय र कम प्रचलनमा रहेका पोषिला खाद्यवस्तुको प्रचार तथा प्रवर्द्धन गर्ने मुख्य उदेश्य रहेको आयोजक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

मेलामा नेवारी, थारु, तामाङ लगायत जातिका परिकारका १५ स्टल छन् । त्यस्तै विभिन्न संघसंस्थाका जानकारीमूलक २२ र अचार, भुजिया जस्ता घरेलु उद्योगका ३८ गरी ७५ स्टल रहेका छन् ।खानेबानी परिर्वतनका लागि मेला महत्वपूर्ण रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिबकुमार कर्णले बताउनुभयो ।उहाँले स्थानीयस्तरमा उपलब्ध खाद्यवस्तु पौष्टिक र स्वस्थकर भएपनि चेतनाको कमीले बजारकै खाद्यवस्तु खाने प्रचलन बढेको बताउनुभयो ।मेला आइतबारसम्म चल्नेछ ।