शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको भिसा डेबिट कार्ड सञ्चालनमा

प्रकाशित मिति:

बुटवल/बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले आजवाट ए.टि.एम. को औपचारिक शुरुवात गरी भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । यस बैंकको कार्ड प्रयोग गर्ने सेवाग्राहीले नेप्ससंग आवद्ध बैंक तथा वित्तीय संस्थाहरुसंग कारोबार गर्दा कुनै सेवा शुल्क नलाग्ने बैंकले जनाएको छ ।

आजै, बैंकले रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकाको सौ. फर्साकिटरमा शाखा कार्यालयको समुद्घाटन गरेको छ । शाखा कार्यालय एक समारोह बीच शुद्धोधन गाउपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले समुद्घाटन गर्नु भएको थियो । उक्त शाखाको उद्घाटन गर्दै अध्यक्ष चौधरीले प्रत्येक नागरीकलाई समृद्धिको अभियानमा सहभागी गराउन बैंकले अघि सारेको एक घर एक खाता अभियान सार्थक हुने बताउनु भयो । उहाँले सकारात्मक सोचको बिकास गरी सरकारले दिएका अनुदानलाई सदुपयोग गर्न स्थानीय किसान तथा उद्यमीलाई आग्रह गर्नुभयो ।

उक्त अवसरमा स्थानीय जेष्ठ नागरीकहरु ९४ वर्षीय हरीप्रसाद अधिकारी, ९३ बर्षीय एकदेव गौतम, ८५ वर्षीय चिनक यादव र ८४ वर्षीय रनबहादुर बि.क.लाई बैंकको बचत खाता खोली चेक हस्तान्तरण गरी कदर पत्र र दोसल्ला ओढ्याई सम्मान गरेको थियो भने स्थानीय आमा समुहहरु राधाकृष्ण आमा समुहका अध्यक्ष देबी सापकोटा, मनकामना आमा समुहका अध्यक्ष गोमता न्युरे, बेधानी आमा समुहका अध्यक्ष सीता ढकाल, जुगडीहवा आमा समुहका अध्यक्ष रुक्मिणी थारु, नवदुर्गा आमा समुहका अध्यक्ष गुनेश्वरी थारु, जनकपुर आमा समुहका अध्यक्ष रोमा क्षेत्री, शान्ति आमा समुहका अध्यक्ष शुभद्रा रेग्मी, पश्चिम मैनहिया आमा समुहका अध्यक्ष शुशिला थारु, पुर्व मैनहिया आमा समुहका अध्यक्ष पार्वती थापा र फर्साटिकर आमा समुहका अध्यक्ष राजेश्वरी सिंहलाई सम्मान गरेको थियो ।

बैकका प्रमुख जोखिम अधिकृत सिए यशोधन पाण्डेले सञ्चालन गर्नु भएको कार्यक्रमको अध्यक्षता गर्नु भएका बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले शाइन रेसुङ्गा डेभलपमेण्ट बैक यस क्षेत्रका जनताको प्रतिनिधीमूलक बित्तीय सस्था भएकाले यसले मुनाफालाई मात्र नभई यस क्षेत्रको आर्थिक र उद्यमशिलता बिकासका लागि प्राथमिकतामा राखि सेवा प्रवाह गरी रहेकाले नै सबैको मन जित्न सकेको बताउदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो  ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ यस क्षेत्रमा सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको जानकारी गराउँदै स्थापनाका १० वर्ष पुरा गर्न लाग्दा रु. १ अर्व ६२ करोड चुक्ता पुजी, रु. १६ अर्व ७० करोड निक्षेप, रु. १५ अर्व ७० करोड कर्जा र २ लाख ग्राहक भएको प्रदेश नं. ५ को सबैभन्दा ठुलो बिकास बैकका रुपमा स्थापित भएको बताउनु भयो । उहाँले मुलुकको आर्थिक समृद्धिका लागि सरकारले अघि सारेका अनुदानका कार्यक्रम स्थानीय वडा कार्यालयहरु संगको समन्वयमा किसान तथा उद्यमीका घर घरमा पु¥याउने बताउनु भयो । उहाँले केही गर्न चाहने किसान, महिला उद्यमी, युवा तथा व्यवसायीलाई रकम भएन भन्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वि.सं. २०६५ फाल्गुण ११ गते बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन डेभलपमेण्ट बैक लिमिटेडमा गुल्मी जिल्लाको तमघासमा केन्द्रीय कार्यालय रहेको रेसुङ्गा विकास बैक लिमिटेड र प्युठान जिल्लाको विजुवारमा केन्द्रीय कार्यालय रहेको गौमुखी बिकास बैक लिमिटेड मर्ज भै बनेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले भोली फागुन ११ गते स्थापनाको १० औ. बर्ष पुरा गरी ११ औं बर्षमा प्रवेश गर्न लागेको छ ।