नवलपरासीमा रहेका तिन ठुला उखु उद्योगले उखु किसानको उखु समयमै नलिदा उखु किसान मर्कामा परेका छन । जिल्लामा सुस्ता गाउपालिकाको कुडियामा रहेको बाग्मती सुगरमिल, प्रतापपुर गाउपालिकाको लक्ष्मीपुरमा रहेको ईन्दिरा सुगर मिल र सुनवल नगरपालिकामा रहेको लुम्विनी चिनीमिलले उखु किसानले काटेका उखु समयमै नबुझ्दा सरावल गाउपालिका वडा नम्बर ७ का उखु किसानहरु मंगलबार विहानै देखी आन्दोलित भएका छन । उखु किसानहरुले काटेको उखु करिब एक महिना जति हुन लाग्दा पनि चिनि मिलले नलिदा आफुहरु आन्दोलित हुनु परेको सरावल वडा नम्बर ७ का वडाध्यक्ष हयात खान धुनियाले जानकारी दिनुभएको छ । मंगलबार विहान वडा नम्बर ७ स्थित भुजहवा चेकमा वडाध्यक्ष हयात खान धुनियाको नेतृत्वमा करिब ६ सय जति उखु किसानहरु आन्दोलित भएका हुन । वडाध्यक्ष धुनियाले बताए अनुसार उखु किसानहरुले आफुहरुको उखु किन चिनि मिलले नलिएको भन्ने कुरा मिल सञ्चलकहरु संग सोध्दा उनिहरुले मिलगेटमा रहेका उखु पहिला पेल्ने तत्पश्चात बाकी उखु किसानहरुको उखु लिन सक्ने प्रतिकृया दिएका छन । तर एक महिनादेखी काटेको उखु मिल सञ्चालकले समयमै नलिदा सो उखु सुक्दै गएको र बाकी उखु काट्न आफुहरुलाई समस्या भएको उखु किसानहरले गुनासो गरेका छन । उखु किसानले काटेर मिलमा लैजानको लगाी राखेका उखु त्यति थन्काएर राखिएको छ । उखु किसानको समस्याप्रति अहिले सम्म कुनै पनि निकायको ध्यान नजानु उखु किसानको लागी दुखद कुरा भएको उखु किसानहरुले दुखेसो पोखेका छन ।












