सुनको भाउ फेरी बढ्यो

प्रकाशित मिति:

काठमाण्डौ – हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ४ सय बढेको छ । सुन आइतबार तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार बढेको हो । चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।