सुनको भाउ घट्यो

प्रकाशित मिति:

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा २०० घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ घटेर ६० हजार १०० मा कारोबार भइरहेको हो । बुधबार सुनको भाउ तोलमा ६० हजार ३०० रहेको थियो ।

यस्तै तेजावी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ। यस्तै चाँदी आज तोलामा रु १० घटेर ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।