बुटवल उपमहानगरपालिका ३ मा अवस्थित होटल एभिन्युले पहिलो वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सव को अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथी प्रदेश न ५ का पर्यटन मन्त्रि लिला गिरीले काठ्माण्डौ र पोखरामा सिमतीत पर्यटन व्यवसायलाई अब प्रदेश ५ को बुटवल लगायतका स्थानहरुमा विकसित गराउन प्रदेश सरकारले कार्य गर्ने बताउनुभयो । वहांले बुद्ध जन्मस्थल लुम्बिनीले अथाह पर्यटकीय सम्भावना बोकेकाले साकार पार्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
होटलका संचालक भिमलाल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा १ वर्ष भरि होटलमा कार्यरत रहेर योगदान पुर्याएका कर्मचारीहरुलाई सम्मान गर्नुका साथै विभिनन सांस्कृतिक प्रस्तुती समेत देखाईएको थियो । कार्यक्रममा ,होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।












